मधेशटप डेस्क, 

जनकपुरधाम : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको मृत्युदर बढेको छ । केही दिनयता ठूलो सङ्ख्या कोरोना भाइरस सङ्क्रमित भेटिएतापनि मृत्‍युदर सिंगल डिजिटमा रहेकोमा आज दुई अंक (१० वा सो भन्दा बढी) मा उक्लिएको हो ।

बितेको २४ घण्टामा २० हजार १८७ जनाको नमूना परीक्षण गर्दा १० हजार २५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

 

आज देशका विभिन्न स्थानमा १६ जनाले ज्यान गुमाएका छन् भने ७०८ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ११ हजार ६५१ जनाको यही भाइरसको कारण ज्यान गइसकेको छ ।

शनिबार अपरान्हसम्म देशभर ७२ हजार ८६२ सक्रिय सङ्क्रमित रहेका छन् ।