मधेशटप समाचारदाता, माघ ८ गते ।

राजविराज : जनता समाजवादी पार्टी नेपालका नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्तीको माग गर्दै नेकपा(एमाले)निकट राष्ट्रिय युवा संघ सप्तरीले आन्दोलन चर्काएका छ्न।

युवा संघका जिल्ला संयोजक चितरंजन यादवको नेतृत्वमा आज हनुमाननगर-राजविराज सडकखण्ड अन्तर्गत यौगिनियाँमा टायर बालेर बिरोध प्रदर्सन गर्दै मन्त्री यादवको बर्खास्ती गर्न सरकारसंग माग गरेको भुपदेप मालीले जानकारी दिएका छ्न।

बलिदानी दिवसका अवसरमा कार्यक्रममा सहभागी हुन गौर जानेक्रममा जनमत पार्टीका कार्यकर्ताले मन्त्री यादवलाई रोकेका थिए ।सो कार्यक्रममा मन्त्री यादवले गौर हत्याकाण्ड फेरि गराई दिने र जनमत पार्टीका अध्यक्ष राउतलाई घेरा हाली हत्या गराई दिने अभिव्यक्ति दिएकी थिइन।

सो अभिव्यक्तिप्रति युवा संघ मधेस प्रदेश आक्रोशित भएका छ्न।राज्यसत्ताको जिम्मेवार पदमा बसेर यसरी हिंसात्मक अभिव्यक्ति दिएर समाजिक हिंसा भड्काउने चलखेल गर्ने मन्त्रीलाई तत्काल बर्खास्त नगरे आन्दोलन चर्काउने युवा संघ मधेस प्रदेशका इन्चार्ज सत्यनारायण यादवले बताएका छ्न।