जनकपुरधाम । हिंसात्मक अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले राजीनामा नदिने स्पष्ट पारेकी छन् ।

जसपा नेतृ समेत रहेकी मन्त्री यादवले हिमालय टिभीमा अन्तर्वार्ता दिँदै पदबाट राजीनामा नदिने बताएकी हुन् ।

उनले आफूमाथि नै प्रहार गर्न खोजेकाले घटनाको छानविन हुनुपर्ने बताइन् ।

मन्त्री यादवले पार्टीले भनेपछि एक मिनेटभित्र राजीनामा दिने पनि बताइन् । उनले भनिन्- मसँग खाद्य माग्यो । के म खाद्य मन्त्री हुँ ? एउटा अभिव्यक्तिले मलाई कठघरामा उभ्याउने ?उनले मिडियामा एकतर्फा कुरा गर्ने गरेको र जहिल्यै यर्थातलाई बंग्याउने गरिएको गुनासो पनि गरिन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले हिजो विज्ञप्ती जारी गरेर मन्त्री यादवको बचाउ गर्दै जनमत पार्टीलाई सुध्रिन सचेत गराएका थिए ।

माघ ५ गते गौरमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत र उनका कार्यकर्ताको हत्या गर्ने अभिव्यक्ति दिएका कारण उनलाई बर्खास्त गर्नुपर्ने आवाज उठेको छ ।- टुडे खोज