काठमाडौं । कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) की बरिष्ठ अस्पताल नर्सिङ प्रशासक डा.रिना श्रेष्ठले अस्पताल नर्सिङ प्रशासनमा अनियमितता गरेकी छन् ।बिदा नलिई अध्यापन गरेको, कार्यलय समयमै निजी कलेजमा पढाउन जाने गरेको, हाल वीर अस्पतालबाटै कार्यालय समयमा विभिन्न नर्सिङ कलेजमा अनलाइन पढाउने गरेको आरोप उनीमाथि लागेको छ ।
त्यसैगरी अस्पतालमा नर्सिङको जिम्मेवारी दिंदा, करार नर्सको म्याद थप सिफारिस गर्दा समेत रकम माग गर्ने गरेको आरोप उनीमाथि छ । निजी नर्सिङ कलेजको प्रयोगात्मक अभ्यास गर्नका लागि प्रत्येक कलेजसँग आर्थिक कारोबार गर्ने गरेको लगायत अनियमितता गरेको भन्दै छानबिन गर्न माग गर्दै प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबार र स्वास्थ्य मन्त्रालयमा १९ बुँदे उजुरी अस्पतालका पीडित नर्सिङ कर्मचारीले दर्ता गराएका छन् ।