रौतहट ।रौतहटको परोहा नगरपालिका अन्तर्गतको नरकटियाबाट भारतीय नम्बरको बलेरो सहित मदिरा पक्राउ गरेको हो ।

परोहा नगरपालिका वडा नं ८ नरकटिया चिरान मिल्स स्थित बिहीबार राति ७ बजेको समयमा बि आर १ पिए ४६२९ नं को सेतो बलेरोमा मदिरा लोड गरी भारत तर्फ जादै गरेको क्रममा शसत्र प्रहरी ११ नं गण तथा प्रदेश २ बाहिनीको संयुक्त स्क्वायर टोलीले शंकाको आधारमा चेकजाँच गर्दा कस्तूरी मदिरा ३० कार्टुन, टुवोर्ग बियर १ कार्टुन, बदाम जुस १ कार्टुन गरी सहित गाडीको मुल्यांकन १३ लाख ३६ हजार ७ सय २० रु मुल्य बराबरको पक्राउ गरिएको हो ।

बलेरोलाई शसत्र प्रहरीले रोक्न लगाउदा चालक गाडी छाडी फरार भएको हुँदा उक्त बलेरो शसत्र प्रहरीले ११ नं गणको कार्यालयमा ल्याई शुक्रबार भंसार चलान गरेको शसत्र प्रहरीले बताए।