उमेश कुमार साह

१६, माघ बोदे बर्साईन ।

 

बोदे बर्साईन: लायन्स क्लब अफ काठमाडौं नोभेला शनिबार बोदे बर्साईनमा रक्तदान कार्यक्रम गरेको छ ।

 

 

बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ स्थित धर्मशालाको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा क्लबका सदस्य नगरपालिका , नगर बजार ब्यपार संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानीय युवासहित ४६ जनाले रक्तदान गरेका छन्।

 

 

रक्तदान कार्यक्रमका प्रमुख अतिथि बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादवले रगतको अभाव हुन नदिन यस्ता किसिमको कार्यक्रम समय समयमा राख्न सुझाव दिदैँ पालिकाले समन्वयकारी भुमिका खेल्ने बताउनुभयो । रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने बताउदै आगामी दिन वडामा आयोजना हुने यस्ता रचनात्मक कार्यहरुमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता प्रमुख ले जनाए।

 

रक्तदान कार्यक्रम बोदे बर्साईन नगरपालिका , हरिशंकर सेवा समितिको सहयोग र रेडक्रस सोसाइटी लहानको प्राविधिक सहयोगमा लयान्स कल्ब अफ काठमाडौं आयोजना गरेको थियोे ।

 

सो कार्यक्रममा लायन्स कल्ब अफ काठमाडौं नोभेला अध्यक्ष गोमा दहाल, बोदे बर्साईन नगर स्वास्थ्य संयोजक बैजनाथ साह, नगर बजार ब्यपार संघ सचिव अनिल प्रसाद सिंह लगायतको उपस्थिति थियोे ।

 

श्री हरिशंकर सेवा समिति बोदे बर्साईनको सचिब उमेश कुमार साहले अहिले पनि कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आतंकित भइरहेकोे अवस्थामा रगत सङ्कलन समस्यालाइ ध्यानमा राखी गरिएको यो कार्यक्रममा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदाता , आर्थिक तथा भौतिक सहयोग गर्ने लगायत अन्य सहयोगी महानुभावहरूलाई धन्यवाद दिदै भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा राखेको बताए ।

 

रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै कोभिडको समयलाई सदुपयोग गरेर सामाजिक दुरी कायम तथा सावधानी अपनाही सुरक्षित ढंगले रक्तदान र रक्त संकलन गरि रक्तदान कार्यक्रमलाई सफल बनाउने सहयोगिहरुलाइ प्रशंसापत्र बितरण गरिएको थियो।