सप्तरीको बादे बर्साईन नगरपालिका वडा नम्बर- ३ सारस्वर टाेलमा इक्रा युथ क्लबद्वारा सञ्चालित पहिलाे फुटबल प्रतियोगिताको फाईनल खेलमा ० का विरूद्व १ गोल गर्दै कुसाहा सप्तरी बिजय भएका छन् ।

कुसहा र करमनियाँको बिच भएको खेलमा कुसाहाक खेलाडी जर्सी नम्बर १३ का कष्ण कुमार चाैधरीले गरेको गोल नै निर्णयक बनयो ।

सो फुटबल प्रतियोगिताका प्रमुख अतिथि सप्तरी क्षेत्र नम्बर – ४ का प्रतिनिधि सभा सदस्य तैजुलाल चाैधरीले विजेता टिम कुसाहालाई नगद पैतीस हजार पाच सय पच्चवन रूपैयाँ , ट्रफी र उप विजेता टिम करमनियाँलाई विशिष्ट अतिथि नगर उप प्रमुख रंन्जु कुमारी साहले नगद बीस हजार एक सय पच्चवन रूपैयाँ , ट्रफी प्रदान गरेको छ ।

कार्यक्रम विशिष्ट अतिथि बोदे बर्साईन नेपाली काङ्ग्रेस नगर सभापति ई.दिपेन्द्र कुमार यादव, लोसपा नेता अमरेन्द्र कुमार यादव ,सप्तरी जिल्ला बार एसोसिएसन अध्यक्ष डोमन साह अतिथि नेपाली काङ्ग्रेस नेता शिव नारायण यादव , जसपा नेता भुवनेश्वर यादव,पप्पु यादव लगायतको उपस्थिति रहेका कार्यक्रमको अध्यक्षता कल्ब अध्यक्ष अफताब आलमले गरेको थियोे ।