मधेशटप डेस्क, माघ १७ गते ।

जनकपुरधाम : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले किसानसँग खरिद गर्नुको सट्टा  व्यापारीको धान किन्ने गरेको छ।

कार्यालयमा किसानको सिफारिस लिएर धान बेच्न व्यापारी आउने गरेको रहस्य थाह  भएको छ।

धनुषा, महोत्तरीका किसानले उत्पादन गरेको सोना मन्सुली धान पुस २८ गते देखि कार्यालयले खरिद गर्दै आएको छ। किसानको धान  मात्र किन्नुपर्नेमा कार्यालयले नक्कली किसान बनेर आउने व्यापारीबाट धान किन्ने गरेका छन्।

कार्यालयका पलदारदेखि हाकिमसम्मको मिलेमतोमा व्यापारीको धान खरिद गरिएको  जनकपुरधाम उप -महानगरपालिका १४  मुजेलियाका विनोध   यादवले बताए। विनोधले  भने, ‘किसानसँग  विभिन्न किसिमका  कागजात खोजबिन गरेपछि किसान चुप लागेर घर  जान्छ।’

तर व्यापारीसँग ५ हजारदेखि १० हजारसम्म कमिसन लिएपछि केही प्रमाण नचाहिने तर किसानसँग थरीथरीका कानुन पढाउने गरेको कस्तो किसानको सुविधा रहेको विनोधले बताए। कार्यालयले किसानको जग्गाधनी लालपुर्जा र स्थानीय निकायबाट किसान भएको सिफारिसका आधारमा ४० क्विन्टल बढी धान खरिद गरेका छन्।

त्यसैको फाइदा उठाउँदै व्यापारीले कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारी आफूलाई ‘किसान’ भएको सिफारिस लिने गरेका हुन्।

कार्यालयमा ६ जना स्थायी र ३ जना ज्यालादारी कर्मचारी रहेका छन् । सोमबार बेलुका मधेशटप डटकमका प्रतिनिधि  शुभम सिंह राजपुत  आफै रिपोर्टिंग गर्न   गए पश्चात निमित्त प्रमुखलाइ सोद्धा   ‘आइतबारसम्म ८ हजार ६ सय क्विन्टल धान खरिद भएको कार्यालयका निमित्त प्रमुख उपेन्द्र लिङदेनले जानकारी दिए।

कार्यालयका निमित्त प्रमुख उपेन्द्र लिङदेनसँग राति ८ बजे ट्याक्टर कसरी छिरे? भन्ने प्रश्न गर्दा यो विषयमा आफूलाई जानकारी नभएको बताए।