काठमाडौं । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाहलाई नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्‌ बैठकले शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।