काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ।

यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ ।

उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ।

किसानले दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए।