काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएको छ ।

मंगलबार बिहान अनेरास्ववियूले पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि प्रदर्शन गर्ने क्रममा सञ्चारमन्त्री कार्की चढेको गाडीको बाटो छेकेर कालो झण्डा देखाएका हुन् ।  उनीहरुले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गरेका छन् ।