बेवारिसे अवस्थामा एक युवकको शव भेटिएको छ ।पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ वीरगञ्ज चिनी काराखाना भित्रको कम्पाउण्डमा एक युवक मृत भेटिएका छन् । वीरगञ्ज चिनी कारखाना स्थित पानी टंकीको तल अन्दाजी २0/२८ बर्षका युवकको शव बेवारिसे अवस्थामा फेला परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
चिनी कारखानाको उखु अनलोड गर्ने खुला चौरदेखि पश्चिममा रहेको पानी टंकीको नजिकै युवकको शव मंगलबार बिहान फेला परेको हो । युवकको पहिचान पनि नखुलेको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।
घटनाको प्रकृति र मृतकको शवको प्रकृति हेर्दा हत्या भएको नदेखिएको र पोष्टमार्टम पछि मात्रै  जानकारी हुने खनालले बताउनुभयो । शव पोष्टपार्टमका लागि नारायणी अस्पतालमा राखिएको उहाँले बताउनुभयो ।