काठमाडौँ । बिउटी विथ ब्रेनको उपमा पाएकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले मेयर बने काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएकी छिन् l

हालै एक प्रोग्राम मार्फत उक्त कुराको खुलासा गरेकी हुन् l भ्लगर सिसन बानियाको नयाँ कार्यक्रम पडकास्टमा उनले सो अभिव्यक्ति दिएकी हुन् l

सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन् ।

साथै, फोहोर मैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ । यसका लागि तथ्याङ्क संकलनमा लगानी गर्ने उनको भनाई छ ।

तीन घण्टा लामो भिडियोमा श्रृंखलाको सहरी व्यवस्थापनको योजना, हावर्डमा पढाइको अनुभव, उनका रुचिहरू, विदेश बस्दाका भोगाइहरूबारे उनीहरूबिच कुरा भएको थियो l

हावर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढिरहेकी उनी इन्जिनियर पनि हुन् ।