मधेशटप , जनकपुरधाम : आज बुधबार सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन सुन प्रतितोला ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यसर्थ, आज सुन प्रतितोला तीन सय रुपैयाँले बढेको हो।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १७ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।