मधेशटप डेस्क,

 

जनकपुरधाम। महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा न. २ मधपुरामा   जाडोबाट  समस्यामा रहेका ५(पाच) दर्जन भन्दा बढी गरिब, दलित-विपन्न परिवारहरुलाई बुधबार न्यानो कपडा वितरण गरिएको छ ।

उनीहरुलाई मधपुरा  चौकमा  रहेको इन्दु साह फाउन्डेसनका  समितिहरुको हाथबाट पालो-पालो ब्लानकेट,ट्राउजर, जेकेट वितरण गरिएको थियो।

इन्दु साह फाउन्डेसनका  समिति द्वारा जाडोबाट पीडितहरुलाई न्यानो कपडा वितरण गरिएको समितिका कोषाध्यक्ष राजाबाबु साहले जानकारी दिए ।

अत्यधिक चिसो बढी रहँदा पनि स्थानीय सरकारको कुनै चासो नलिए-पछी उक्त फाउन्डेसनले जाडोबाट प्रभावित दलित, एकल महिला तथा बालबालिका, अतिविपन्न घरपरिवारलाई ब्लानकेट, ट्रयाक-सुट वितरण गरेको  जनाएको छ।

इन्दु साह फाउन्डेसनले विगत २ वर्ष  देखि विभिन्न समस्यामा रहेकालाई सहयोग गर्दै आइरहेका छन।

उक्त, कार्यक्रममा इन्दु साह फाउन्डेसनका  उपाध्यक्ष एवंम् जसपा महोत्तरीका जिल्ला  अध्यक्ष्  रामप्रकाश यादव,समाजसेवी दीपेन्द्र कुमार साह, वडा अध्यक्ष् राम एकवाल दास, सह- सचिव राना देवी साह,सदस्य   रिना साह सहितको सहभागी रहेको  थियो ।