सिराहा । सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकर्ताको आक्रमणबाट सिराहामा एक प्रहरी हवल्दार घाईते भएका छन । पर्साको पोखरीया नगरपालिका वडा नम्बर २ लम्हरीयाका प्रहरी हवल्दार लालबाबु अंसारी घाईते भएका हुन ।

जनमतका कार्यकर्ताले प्रहार गरेको ढुंगाले लागि उनको दाँहिने खुट्टामा गम्भिर चोट लागेको छ । उनलाई उद्दार गरी आरके मेडिसिटी अस्पताल सिराहामा उपचार भईरहेको हाम्रा सम्वादाता लक्ष्मण चौधरी (आर्यन) ले जानकारी गराएका छन । सिराहाको कासाहा चौकमा टायर बाली प्रर्दशन गरी सार्वजनिक सम्पत्तीमा क्षति पु¥याउँन खोजेपछि प्रहरीले सम्झाउँन खोज्दा प्रहरीमाथि ढुंगामुडा प्रहार गरिएको थियो ।

जनमत पार्टीले बिहीवार बिहानैदेखि मधेशसँग जोडिएको पूर्वपश्चिम राजमार्ग बन्द गरी प्रर्दशन गरीरहेका छन । उनिहरुले आज बिहानैदेखि टायर बालेर मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका हुन् । प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ।

राजमार्गका ठाउँ(ठाउँमा बाँसका भाटा बोकेका जनमत पार्टीका कार्यकर्ता बसेका छन्। केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूले बताएका छन् । राजमार्ग क्षेत्रमा प्रहरी पनि परिचालन गरिएको छ । किसान हकअधिकारसँग सम्बन्धित विभिन्न माग राख्दै पार्टीले आन्दोलन गर्दै आएको छ ।