जनकपुरधाम । प्रहरीले सिरहामा तेल ट्याङ्करमा तोडफोड गर्ने डा. सीके राउत नेतृत्वको जनमतका १३ कार्यकर्तालार्ई पक्राउ गरेको छ । सिरहाको नरहा गाउँपालिका– ३ नयाँ चोहर्वामा ट्याङ्करमा ढुंगामुढा गर्ने क्रममा उनीहरुलार्य प्रहरीले नियन्त्रणमा लिएको हो।

नमत पार्टीका कार्यकर्ताहरुले किसान आन्दोलनको नाउँमा ज लोकमार्ग अवरुद्ध गर्ने क्रममा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख १७९८ नम्बरको तेल ट्याङ्करमा तोडफोड गरेका थिए।

जनमत पार्टीले किसानलाई समयमा मल उपलब्ध गराउनुपर्ने, सिंचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्नेलगायत ११ बुँदे मागसहित आन्दोलन गर्दै आएको छ। जनमत पार्टीले पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबार राजमार्ग बन्द गरेको छ ।