धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नं ६ मा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ। यहि फागुन ५ गतेबाट सुरु हुने उक्त प्रतियोगितामा प्रथम हुनेले नगद रु १ लाख ५१ हजार दोस्रो हुनेले १ लाख र तृतीय हुनेले ५०हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।

नेपालको संविधान विद्यमान खेलकुद निति तथा खेलकुद बिकास ऐन एवम् नियमावली मर्म र भावना अनुरुप खेलकुदको समुचित बिकाश तथा बिस्तारका लागि मिथिला बिहारी नगरपलिका वडा नं ६ का वडा अध्यक्ष रामप्रसाद यादवको अध्यक्षतामा कार्यक्रमको उद्घाटन समारोह २०७८ माघ ५ गते हुने आयोजकले जानकारी दिएको छ।

थप जानकारीको लागि आयोजक उक्त कार्यक्रम संयोजक सत्यम कुमार झा ९८१७८८८५६२ धनराज यादव ९८४४०२३४३५, प्रवीण झा ९८४४०२३४३५ बाट जानकारी पाउन सकिने छ।