शुक्रबार सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबारको तुलनामा आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति‌औंस १८ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।