मधेशटप,माघ २१ गते ।

जनकपुरधाम : जनकपुरधाम सहित  मधेश प्रदेश भरि बिहिवार  रातिदेखी नै   तिब्र गतिको हावाहुरीले   च्यापिएर तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा  एक महिलाको ज्यान  गएको हो । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार घटनास्थलमै तीनैजनाको ज्यान गएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ स्थित फकिरचन्द उच्च माध्यमिक  विद्यालयको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा  सदा र ७ वर्षिया अरबन्दी सदाको मृत्यु भएको धनुषाका एसपी  रजौरेले जानकारी दिए।

‘हावाहुरीले अचानक मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भयो,’

उनले भने । त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका वडा न. १ स्थित रहेको  इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घरमै च्यापिएर फुलमतीयाका दुई वटा बाख्रासमेतको मृत्यु भएको  प्रहरीले जनाएको छ।