जनकपुरधाम । निरन्तर भइरहेकाे हावाहुरीकाे कारण मधेश प्रदेश प्रदेश सभाको चौथो वार्षिकोत्सब स्थगित भएको छ ।

बिहिवार रातिदेखि नै हावाहुरीसंगै पानी समेत परेकाे कारण जनकपुरधाम स्थित प्रदेश सभाकाे परिसरमा वार्षिकाेत्सव समाराेहकाे सम्पुर्ण तयारी गरिएपनि प्रतिकुलताले स्थगित भएकाे हाे ।

वार्षकाेत्सव मुल समाराेह समितिका संयाेजक शैलेन्द्र यादवले भने हामीले सम्पुर्ण तयारी पूरा गरेका थियाै, माननीयज्युहरू पनि समाराेहमा सहभागी हुन समयमै आई पुगेकाे थियाे, तर हावाहुरीले समाराेहका लागि बनाइएका पण्डाल र मञ्च नै उडाएकाे र पानी समेत परिरहेकाे कारण प्रभावित हुन गयाे ।

कार्यक्रमका लागि बिहान ११ बजेकाे समय ताेकिएकाे थियाे, प्रारम्भ पुर्व निर्धारित कार्यक्रम अनुसार केही रक्दान भएपनि अन्य सबै कार्यक्रम स्थगित गर्नु परेकाे प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिएकाे छ ।

साे समाराेहका प्रत्येक वर्ष झै यस वर्षपनि २५/३० लाख रूपैया छुटयाइएकाे थियाे, साेही अनुसार व्यवस्थापन पनि गरिएकाेले क्षतिकाे अनुमान यकिन त भन्न सकिँदैन तर साेही अनुसार हुन सक्ने अनुमान गरिएकाे संयाेजक यादवले भने । कार्यक्रम नभएपछि कार्उक्रमका लागि मंगाइएका खाजा खाएर प्रदेश सांसद तथा आमन्त्रित व्यक्ति फर्केका थिए ।

अब कहिले वार्षिकाेत्सव मनाइने बारे संयाेजक यादवले भने समाेरह समिति बैठक बसेर माैसमकाे प्रतिकुलता हेरेर नयां मिति निर्धारण गरेर आयाेजना गरिनेछ ।