जनकपुरधाम  । तराई मधेसमा किसान आन्दोलनको नेतृत्व गर्दै आएको जनमत पार्टी अहिलेसम्म आफ्नो राजनीतिक एजेण्डामा प्रस्ट नदेखिएको मधेस मामिलाका जानकारहरू बताउँछन् । कतिपयले सो पार्टीका प्रमुख सीके राउत सस्तो लोकप्रियताका लागि क्रियाशील हुँदै आएको टिप्पणी गर्न थालेका छन् ।

 

सरकारसँग ११ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिक गतिविधिमा सामेल हुँदै राजनीतिक दलसमेत गठन गरेका सीके राउतले त्यसअघि स्वायत्त मधेसका लागि गरेको आन्दोलन, सरकारसँग गरेको सहमति र आफ्नो पार्टीको अबको गन्तव्यबारे प्रस्ट पार्न नसकेको जानकारहरू बताउँछन् ।