काठमाडौं । बलिउड अभिनेत्री राधिका मदनले ‘पटाखा’, ‘शद्दत’, ‘हिन्दी मिडियम’लगायतका फिल्ममा काम गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् ।
टिभीबाट आफ्नो करियर सुरु गरेकी अभिनेत्री राधिकाले पछिल्लो समय बलिउडमा लगातार हिट फिल्म दिइरहेकी छन् ।
लगातार हिट फिल्म दिइरहेकी अभिनेत्री राधिकाले आफ्नो करियरको पहिलो दिनको सुटिङमा नै केही यस्तो गर्नुप¥यो, जुन सुनेर हामी सबैलाई आश्चर्य लाग्नसक्छ ।
किनिन् गर्भनिरोधक चक्की !
फिल्म ‘सिद्दत’को प्रमोशनका क्रममा अभिनेत्री राधिका मदनले एक अन्तर्वार्तामा आफ्नो करियरको सुरुवातमा निकै संघर्ष गर्नुपरेको बताएकी छन् । उनले आफ्नो डेब्यूको बारेमा खुलासा गर्दै भनेकी छन्, ‘त्यो मेरो सुटिङको पहिलो दिन थियो र मैले सुटिङको पहिलो दिनमै गर्भनिरोधक चक्की किनेकी थिएँ ।’
निर्देशकले गर्भनिरोधक चक्की किन्न आग्रह गर्दा आफू अचम्मित परेको उनले बताइन् । उनले भनिन्, ‘यद्यपि त्यो मेरो पहिलो शट थियो, त्यसैले मैले यसलाई लिनुप¥यो ।’
अभिभावकको प्रतिक्रिया
राधिका मदनले थप भनिन, ‘त्यतिबेला मलाई सरप्राइज दिन आमाबुवा मेरो घर पुगेका थिए । उनीहरुलाई देखेर म खुसी भए । तर, घरमा गर्भनिरोधक चक्की देखेपछि उनीहरु छक्क परे ।’ राधिकाले भनिन्, ‘मेरो बुवाले औषधि हेरेर अचम्मित हुनुभयो, तर केही भन्नुभएन ।’
इरफान आनको पछिल्लो फिल्मबाट पाइन् पहिचान
अभिनेत्री राधिका मदनले ‘पटाखा’ र ‘मर्द को दर्द नही होता’ फिल्मबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल भइन् । तर, राधिकाले इरफान खानको अन्तिम फिल्म ‘हिन्दी मिडियम’मा इरफानको अन–स्क्रीन छोरी बनेर दर्शकहरुको मन जितेकी छन् ।
Discussion about this post