जनकपुरधाम, माघ २३ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी)बाट एक जना राज्यमन्त्रीको सपथ गराउनु भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त हुनु भएका नेकपा एसका प्रदेश सभा सदस्य नागेन्द्र राय यादवलाई सपथ गराउनु भएको हो ।