नेपालमा थप १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा थप १३ सय ८६ जनामा कोरोना पुष्टि भएको हो।

९ हजार २५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

६ हजार ४४३ जनाको पिसिआर गर्दा ११८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा ४५ हज २४८ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ८७०४ जना निको समेत भएका छन्।

यसको संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन्।