मधेशटप समाचारदाता,माघ २३।

राजविराज। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सप्तरीले यातायात भाडामा ४५ प्रतिशत छुट कार्यान्वयन नभैरहेको सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

अनेरास्ववियु सप्तरीको अध्यक्ष ललित नारायण रजकद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र आज आइतबार सप्तरी प्रजिअ जनार्दन गौतमलाई बुझाएको विद्यार्थी नेता रन्जिव साहले बताएका छ्न।

पत्रमा विद्यार्थीलाई कानुनले ४५ प्रतिशत छुटको व्यवस्था गरेतापनी मधेस प्रदेश भरि कार्यान्वयनमा नआएकोले सो ध्यानाकर्षण पत्र बुझाएको छ।

कार्वाही सम्बन्धमा प्रजिअ गौतमले यातायात व्यवसायीहरुलाई बोलाई कार्यान्वयन प्रयोजनर्थ छलफल गर्न प्रशासन फाँटमा आदेस गरेको छ।