नबिन निर्भय यादव  , सप्तरी
तिलाठी कोईलाडी गाँउपलिकामा पुन:चौथो पटक गरे तालाबन्दी, अब अध्यक्ष सतिस सिंहको कार्लयमा समेत तालाबन्दी राजविराज।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा उपाध्यक्ष सुचिता कुमारी यादवले पुन : चौथोपटक तालाबन्दी गरेकी हुन। गाउँपालिकामा सुचना माग गर्दा उल्टो एउटा महिलालाई होच्याउने गरेको भन्दै उनले तालाबन्दी गरेकी बताईन। गाउँपालिका उपाध्यक्ष यादवले आफ्नो अधिकार खोसेर गाउँसभा गरेकाले सोही विषयमा सुचना माग्दा कर्मचारीहरुले होच्याउने गरेकाले तालाबन्दी गर्नुपरेको बताईन् ।
आर्थिक बर्ष २०७७÷०७८ को गाउँसभा गर्दा गाउँपालिका अध्यक्ष सतिस सिंहले स्थानीय सरकार संचालन ऐना प्रतिकूल हुने गरी गाउँसभा गरे, उता गाउँपालिकामा बारम्बार तालाबन्दी भए पश्चात जिल्ला समवन्य समितिका सभापति प्रभाकर यादवले सुचना उपलब्ध गराउने भनी प्रतिबद्धता गरेपछि यसअघि लगाएको ताला खोलिएको उपाध्यक्षले बताईन् ।
जिल्ला समवन्य समितिका सभापतिको रोबरमा भएको सहमति कार्यान्वयन नगरेकोले चौथोपटक तालाबन्दी गर्न बाध्य भएको उनले जानकारी दिईन् । उहाले भनिन हामी मंगलबार देखी अध्यक्षको कार्यलयमा पनि समेत तालाबन्दी गरिने छौ। यता उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत केशव झा र राजु झाको कार्यकक्षमा ताला लगाएकी छिन् ।