२४ माघ, नवलपरासी । भारतीय रेलबाट एक नेपालीको मृत्यु भएको छ । आईतवार साँझ करिब दिउँसो ३ बजे भारतको उत्तर प्रदेशको नरकटियागञ्ज मुख्य रेलमार्गको सिसवा घुघलीको बीच बंदीढालाको नजिक डाउन एक्सप्रेस रेलबाट दुर्घटना भई युवाको मृत्युु भएको हो ।

मृत्यु हुने नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका वडा नम्बर ६ हरपुर बस्नेब बर्ष ३४ को श्रीनिवास कोईरी रहेका छन ।

प्राप्त जानकारी अनुसार भारतको कोठिभार थाना क्षेत्र स्थित बंदीढाला हुदैँ गोरखपुरबाट मुजप्परपुर जादैँ गरेको १९०३७ नम्बरको अवध एक्सप्रेसको रेल मार्गमा हामभाली कोइरी आत्महत्या गरेको हुन ।

कोईरीको शव अहिले पोस्टमार्टमका लागि भारतको महराजगंज जिल्ला अस्पतालमा राखिएको मृत्कका परिवारले जनाएका छन् ।