मधेशटप डेस्क, माघ २४ गते ।

जनकपुरधाम ।  मधेश प्रदेशका स्थायी राजधानी जनकपुरधाममा धनुषा सन्युक्त एम्बुलेन्स चालक संघका अध्यक्ष अरमान कुमार साह माथि संघातिक आक्रमण भएको छ ।

बजरंग चोक स्थित रहेको जनकी हेल्थ केयरबाट घर जाने क्रममा एक्कसी ३,४ जना सडकमा आएर अध्यक्ष साह माथी संघातिक हम्ला गरेको साहले जानकारी दिए।

 

आक्रमणबाट उनको आँखामा चोट लाग्दा देखनै न सकिने अवस्था बनाइदिएका छ्न। त्यस्तै केही चोट हाथमा लागेको छ । अध्यक्ष शाहको हाल जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

३,४ जाना मध्ये १ जनालाई अध्यक्ष साहले चिन्ह्दा जनकपुरधाम उप- महानगरपालिका १४ रजौल घर भएको कृष्णा यादवलाई स्पस्ट हेरेको छ ।

अध्यक्ष शाह माथि भएको संघातिक हमलाको घोर भर्त्सना गर्दै दोशी उपर कडा भन्दा कडा कार्वाही गर्न सरकार समक्ष जोडदार माग गर्दछौ ।