सर्लाही : सर्लाही प्रहरीले एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ।

भारतसँग सीमा जोडिएको पर्सा गाउँपालिका–२ नारायणपुरबाट प्रहरीले लागूऔषधसहित उनलाई पक्राउ गरेको जनाएको छ।

नारायणपुरस्थित सीमा क्षेत्रबाट पर्सा गाउँपालिका–२, संग्रामपुर बस्ने २२ वर्षीय फिरोज अन्सारी प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका हुन्। उनलाई प्रहरी टोलीले प्रदेश २–००४ प ४०७९ नम्वरको मोटरसाइकलमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा ज्याकेटको खल्तीमा भारततर्फबाट लुकाईछिपाइ ल्याएको लागूऔषधसहित समातेको प्रहरीले जनाएको छ।

अन्सारीको साथबाट नाइट्रोभेट १० नामक १२ वटा ट्याब्लेट र नाइट्रोजाम नामक २ वटा ट्याब्लेटसहित १४ वटा ट्याब्लेट बरामद गरिएको प्रहरी चौकी नारायणपुरले जनाएको छ।

प्रहरीले अन्सारीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।