महोत्तरी : बर्दिवास नगरपालिका-९ का ब्रह्मदेव महतोको गोठमा आगलगी हुँदा आठ लाख बराबरको सरसामान जलेर नष्ट भएका छन्।

आज बिहान अचानक विद्युत् चुहावट भई आगलगी भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो।