काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले आफ्नै नक्कली मृत्यु प्रमाण-पत्र (डेथ सर्टिफिकेट) बोकेर हिँड्दै गरेका एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

माघ २५ गते (मङ्गलवार) काठमाडौँको टेकुस्थित अस्पतालमा नक्कली डेथ सर्टिफिकेट बोकेर १ जना हिँडिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

चिनियाँ नागरिक वाङले ग्रीन सिटी अस्पतालको नामबाट जारी भएको नक्कली डेथ सर्टिफिकेट बोकेको प्रहरीले जनाएको छ ।

प’क्राउ परेका वाङविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’मुद्दामा  अनुसन्धानका लागि काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।