लहान/माघ २७ गते। सिराहाको लहानमा अवस्थित महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज बिहीबार तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ। अर्थात लहान शाखाले आजबाट तेस्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको छ।
यस महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले नेपालमा ३ वर्षको उपलब्धिहरु:- – कुल प्राप्ति प्रिमियम – ३०१ करोड । – कुल लगानी – ३० करोड। – कुल अभिकर्ता इजाजत २२७१७। – कुल शाखा / उपशाखा ६३। – हालको बोनस दर रु. ४०-५२ सम्म रहेको बताइएको छ। यो सँगै यस महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा उपलब्ध सेवा तथा कार्यक्रमहरु:- – युवासँग महालक्ष्मी लाईफ। – प्रत्येक घरमा एउटा वीमा। – सहायक कम्पनीको स्थापना । – लघु वीमालाई प्राथमिकता । – सुदृढ संस्थागत सुशासन लगायतका कार्यक्रमहरु सञ्चालन गरिदै आएको लहान शाखाका प्रबन्धक प्रमेश्वर महतोले बताएका छन। कम समयमा बढी उपलब्धि भएको बताएका छन।
करिब १५० जनाको सहभागितामा लहानको जे एस मुरारका बहुमुखी क्याम्पसमा महालक्ष्मीले अभिमुखीकरण तालिम दिइएको थियोे । र प्रमाणपत्र समेत वितरण गरिएको थियोे ।
जुन प्रमाणपत्र अगामीदिनमा उपयोगी हुने प्रबन्धक महतोको ठहर छ। वीमा कसरी गराउने , कसलाई गराउने , अभिकर्ता कसरी गर्ने , किन गर्ने , शाखा प्रवन्धक प्रमेश्वर महतोद्वारा उपस्थित सबैलाई प्रशिक्षण समेत दिइएको कार्यक्रममा एक सहभागी टुनटुन साहले बताए ।