मधेशटप समाचारदाता, माघ २८ गते ।

नबिन यादव

सप्तरी : तिलाठी कोईलाडी गाँउपालिकाको श्री लक्ष्मी नरसिंह माध्यमिक विद्यालय बभनगमाकट्टीमा अभिभावक द्वारा विहिबार दुई वोटा कार्यालय कोठामा तालाबन्दी गरिएको थियो।

विदयालयको व्यवस्थापन समितिहरूमाथि मुदा दर्ता भई पुर्नाबेदनमा समेत रिट चलिरहेको सम्मय संगै गाउँपालिकामा समेत बिभिन्न आर्थिक वर्षसम्मको सूचनाको विषय बस्तु लिएर उपाध्यक्ष सुचिता कुमारी यादवले एक हप्ता देखी गाँउपालिकामा तालाबन्दी गरिएकी थिईन।

त्यही समयमा करार र दरबन्दी पदपूर्तिको विज्ञापन प्रकाशन गर्ने समय माघ २३ गते रहेको थियो । कसैलाई थाहै नदिने गरि २६ गते नै सार्वजनिक गरेको थियो। त्यतिके होईन, विज्ञापनमा चलानी नम्बर नै छैन अभिभावक उपेन्द्र यादवले भनेको थियो ।

उता बिद्यालयले गोप्य बिज्ञापन गरेको समाचारहरू बिभिन्न मिडियाहरूमा समप्रेशन भएपछि ,गाउँपालिकाको शिक्षा संयोजक राजेश झाले शुक्रबार समाजिक संजालमा करिब ९ बजै राजविराज टुडे पत्रिकामा प्रकाशित गरिएको विज्ञापनको फोटो तानेर सूचनालाई सर्वजानिक गरिएको छ।