निरन्जन साह,

गौशाला ,माघ २८। महोत्तरीको गौशाला नगरपालिकाको आफ्नो कार्यालय भवनको निर्माण कार्य सफलतापुर्वक सम्पन्न भएको छ । नया भवनमा कार्यालय संचालनको लागि आज नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले पुजा गरेका छन् ।

गौशाला–४ स्थित एक विघा क्षेत्रफलमा तीन तल्ले कार्यालयको प्रशासनिक भवन निर्माण भएको र अब छिटै नगरपालिका आफ्नै भवनमा संचालन हुने मेयर शिवनाथ महतोले बताए ।

 

झण्डै पाँच करोंड ३५ लाखको लागतमा निर्माण भएको यो भवन मधेश प्रदेशमा नमुनाको रुपमा रहेको समेत उनले दावी गरे स्थानीय निर्वाचन पछी धेरै स्थानीय तहले भाडाको भवनमा कार्यालय संचालन गर्दै आइरहेका छन् तर गौशाला नगरपालिकाले महिनाको लाखौ रुपैया बचत गर्ने उद्देश्यले यो भवन तयार गरेको र जनताहरुको लागि सहजताको साथ नियमित गर्ने पनि यसको उद्देश्य रहेको उनले बताए ।

आउदो निर्वाचनमा जोकोही जनताको मतबाट निर्वाचित भएर आउने जनप्रतिनिधि कसैको भवनमा भाडा तिरेर बस्नु नपरोस भन्ने सोच नगरपालिकाको रहेको उपप्रमुख आशा लामाले बताउनु भयो ।