मधेशटप, माघ २८ गते ।

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पोखरीयाका नगर अध्यक्ष राजु साह तेलिको नेतृत्वमा सम्पूर्ण कमिटी सहितका नेता कर्याकर्ताहरुले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्ने भएको छ ।

लोसपाले ओलिका मतियार भएर मधेसको भवना बिपरित क्रियाकलापमा सक्रिय भई बिधिबिधान बाहिर हिसाबले पार्टी संचालन गरेकोमा पार्टी छोडनु परेको छ ।

आफुहरु मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरि मधेसको लागि लडाइ गरेको हो र बाकी अधिकारको लडाई लडनु पर्ने भएकोले सो को एक मात्र विकल्प जसपा रहेकोले आफुहरु लोसपा परित्याग गरि जसपा प्रवेश गर्न लागेका छौ साहले भने ।

लोसपा पोखरीयाका नगर अध्यक्ष राजु साह तेलिको नेतृत्वमा अगुवा नेता कार्यकर्ता सङ्ग विभिन्न चरणमा हाम्रा पार्टीका पालिका, जिल्ला र केन्द्र तहमा नेताहरू सङ्ग कुरा भई सकेको र पोखरीया नगरपालिकामा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका केन्द्रिय अध्यक्ष माननीय उपेन्द्र यादवले स्वागत गर्ने कार्यक्रम तय हुन लागेको जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी गराए ।