मधेशटप समाचारदाता,

उमेश कुमार साह, २९ माघ  ।

सप्तरी :  ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख प्रहरी नायब निरीक्षक सुरेश पालको कमान्डमा खटिएका प्रहरी टोलिले चोरी भएको मोटरसाइकल सहित २४ घन्टा भित्र दुई जना चोरीमा संलग्न रहेको ब्याक्तीलाई पक्राउ गरेको छ भने एक जना फरार रहेको प्रहरीले बताए ।

अनुसन्धान गर्दा उक्त मोटरसाइकल चोरीको घटनामा बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गौरा बस्ने बर्ष २३ को निरज कुमार यादव र सोही ठाउँ बस्ने बर्ष २० को गजेन्द्र कुमार रामसमेत सम्लगन रहेको प्रहरीले बताए ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गौरा बस्ने गुनरा रामको दलान घरमा पार्किङ गरी राखेको स. ११ प. ४१२२ नम्बरको १५० सिसि बजाजको पल्सर मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्बर ७ रामपुरा बस्ने बर्ष २५ को बर्मा भने ब्रहमदेव यादवले उक्त मोटरसाइकल सिरहाको भगवानपुर गाउँपालिका २ हुलाकी राजमार्गको रोडको उतर साईडको खेतमा छाडेर फरार भएको थियो।

 

पक्राउ परेका दुई जना संघ सोधपुछ गर्दा निरज कुमार यादवले आफ्नो सालो ब्रहम देव यादवलाई सो मोटरसाइकल दिएको साथै निरज यादवले आफ्नो सालोलाई फोने गरेर बोलाउदा उक्त मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्बर ७ रामपुरा बस्ने बर्ष २५ को बर्मा भने ब्रहमदेव यादवले उक्त मोटरसाइकल सिरहाको भगवानपुर गाउँपालिका २ हुलाकी राजमार्गको रोडको उतर साईडको खेतमा छाडेर फरार भएको थियो।

दुई जनालाई नियन्त्रणमा लिएरको छ भने निरजको सालो ब्रहमदेव फरार हरेक प्रहरीले बताए ।

बरामद भएको मोटरसाइकलसहित उनीहरुलाई अनुसन्धान तथा थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्ले ले बताए ।