मधेशटप, माघ २९ गते ।

जनकपुरधाम ; मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।

तत्कालीन विद्रोही नेकपा माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको दिनलाई माओवादीले ‘जनयुद्ध’ भन्ने गरेको छ।

२०५२ फागुन १ गते माओवादीले विद्रोह सुरु गरेको दिनको अवसर पारेर मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो।
शुक्रबार मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।