मधेशटप, माघ २९ गते ।

रागिनी पंडित/ जहदा गाउँपालिका ४ स्थित लोहन्द्रा खोलाको पुलमुनि घाइते अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३५ वर्षीय राजेश ऋषिदेव रहेका छन्। शुक्रबार बेलुका करिब ७ बजे उनी घाइते अवस्थामा भेटिएका थिए।

सीमा प्रहरी चौकी पोखरियाबाट खटिएको प्रहरी टोलीले ऋषिदेवको उद्धार गरी कोसी अस्पताल विराटनगर पुर्‍याएको थियो।

मोरङ प्रहरीका अनुसार घाइते ऋषिदेवको शनिबार बिहान मृत्यु भएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान अगाडी बदाईएको छ।