मधेशटप डेस्क, माघ २९ गते ।

जनकपुरधाम  । जनकपुरधाम  उद्योग वाणिज्य संघले किराना व्यवसायीहरुको वस्तुगत संघ गठन गरेको छ । किराना व्यवसायी संघको अध्यक्षमा विकास चौधरी सर्वसम्मतबाट चयन भएका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघ जनकपुरधामको सभाहलमा भेला भएका जनकपुरधामका  किराना व्यवसायीहरुले सर्वसम्मतबाट समिति चयन गरेको हो । किराना व्यवसायी वस्तुगत संघका उपाध्यक्षमा कैलाश गोइन्का,महासचिवमा दिपक गुप्ता,सचिवमा बलराम साह,  र कोषाध्यक्षमा बिनोद साह चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा दिपक साह, राजु कुमार यादव,संजिब कुमार साह रसुनिल कुमार प्रसाद र सल्लाहकारमा फुलगेन साह,गणेश नायक रोहित  जैन चयन भएका हुन् ।

 

किराना व्यवसायीहरुको भेलाका प्रमुख अतिथि जनकपुरधाम  उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले वस्तुगत संघ निर्माण गर्ने किराना व्यवसाय वस्तुसंघ निर्माण गरेको बताए । अध्यक्ष महासेठले उद्योग वाणिज्य संघको निर्वाचनको बेला वस्तुगत संघ निर्माण गर्ने प्रतिवद्धतालाई कायम गर्दै कामलाई अगाडी बढाएको समेत बताए ।

निर्वाचनको बेला व्यापारीहरुलाई एकीकृत गरी काम गर्न सहज हुने भएकाले वस्तुगत संघ निर्माण भएपछि व्यापारीहरुको हक अधिकारलाई सुनिश्चित हुने थलोको रुपमा भएकाले ढिलो भएपनि कार्यान्यवयन गरेको उनको कथन थियो ।