काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विभिन्न देशका मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३२ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ केही वृद्धि भएको छ ।

यसअघि शुक्रबार अमेरिकी डलरको भाउ ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको थियो ।

त्यस्तै युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १६ पैसा रहेको छ ।