MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

२० प्रतिशत मात्रै पुलको काम सम्पन्न

मधेशटप by मधेशटप
२०७८ फाल्गुन १, आईतवार १३:१३
0
२० प्रतिशत मात्रै पुलको काम सम्पन्न

मधेशटप, फाल्गुन १   गते । 

डोटी । डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधिन मोटर चल्ने पुलको काम आठ वर्षमा जम्मा २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ भन्दा

तर, तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने भनेर सम्झौता गरिएको भए पनि ठेकेदारको लापरबाहीका कारण उक्त पुलको अहिलेसम्म जम्मा २० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

२०७४ साल असार २९ गते काम सम्पन्न गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको उक्त पुलमा हालसम्म जम्मा २० प्रतिशत मात्रै काम भएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कुलपातेले जनाएको छ ।

 

२०४९ सालमा निर्माणकार्य शुरु भएको सातनाली मेल्लेक सडकलाई केआईसिंह राजमार्गसँग जोड्ने उक्त पुल निर्माण गर्न २०७१ साल असार २९ गते सम्झौता भएको थियो ।

तीनवर्षे पहिलो ठेक्का सम्झौता अवधि सकिएर चारपटक म्याद थप भइसक्दा समेत काम सम्पन्न नभएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका स्थानीयवासी तथा समाजवादीका नेता इन्द्र बलायरले बताउनुभयो ।

‘पुल बनाउन दिएको समय सकिइसक्यो, पटक–पटक म्याद थप्दा पनि पुलको काम गर्दैन, सम्बन्धित निकाय पनि वास्ता गर्दैनन्’, उहाँले भन्नुभयो– ‘काम नगर्नेलाई कारबाही गरिनुपर्छ ।’

हालको सम्झौताअनुसार ठेक्काको अन्तिम म्याद २०७८ चैत्र मसान्तसम्म रहेको छ । मूल्य अभिवृद्धि कर ९भ्याट० सहित २६ करोड २० लाख रुपियाँ लागतमा निर्माण हुने भनिएको ३ सय २० मिटर लामो उक्त आरसीसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते दिपायलले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर योगेन्द्रबहादुर अधिकारी बताउनुहुन्छ ।

ठेकेदारले कोरोनाको सङ्क्रमणका कारण कामदार नपाएको बाहना बनाउँदै काम नगरेको उहाँको कथन छ ।

डिभिजन सडक कार्यालयका अनुसार पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभी कम्पनीले हालसम्म ३ करोड २१ लाख भुक्तानी लिइसकेको छ ।

पुल निर्माणकार्य शुरु भएपछि आफूहरु पनि सडक सञ्जालमा जोडिने आसामा बसेका यहाँका स्थानीयवासी निरास हुन थालेका अर्का स्थानीय रामबहादुर धामीले बताउनुभयो । ‘

पुल निर्माण होला र राजमार्गसँग जोडिएला भन्ने हाम्रा सपना सबै खरानी भए, पुल बन्ने छाँटकाँट देखिएन ।’ –उहाँले भन्नुभयो ।

उता पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभीले फाउन्डेसनमा समस्या भएका कारण काममा ढिलो भएको जिकिर गर्दै आएको छ ।

निर्माता कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका नगर प्रमुख भएका कारण पनि उहाँलाई कसैले पनि कारबाही गर्न नसकेको स्थानीयको आरोप छ ।

Previous Post

कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एक जनाको निर्मम हत्या

Next Post

कार्यालय अराइभल ट्रनेल गेटबाट ५ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

Related Posts

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
Banner News

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

२०७८ फाल्गुन १, आईतवार १३:१३
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०७८ फाल्गुन १, आईतवार १३:१३
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०७८ फाल्गुन १, आईतवार १३:१३
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७८ फाल्गुन १, आईतवार १३:१३
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७८ फाल्गुन १, आईतवार १३:१३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७८ फाल्गुन १, आईतवार १३:१३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति