मधेशटप, फाल्गुन १   गते । 

कसैलाई उपहार दिंदा विशेषगरी कपडा, चकलेट, गहना, कप, कार्ड, पुस्तक लगायत सामग्री दिने प्रचलन छ । उपहार दिनेहरुले कम मूल्य पर्नेदेखि महँगा र विलासिताका वस्तुसमेत दिने गरेको पाइन्छ ।

प्रणय दिवस नजिकिंदै जाँदा आफूले माया गर्ने मान्छेलाई दिन विशेष उपहार खोज्नेहरु पनि होलान् । उपहार दिंदा महँगो वस्तु नै दिनुपर्छ भन्ने छैन । थोरै पैसा खर्च गर्दा पनि आफ्नो मान्छेका लागि अमूल्य उपहारको जोहो गर्न सकिन्छ ।युवायुवतीमाझ हिजोआज कपल ब्रासलेट निकै लोकप्रिय छ ।

बजारमा २०० देखि ५०० रुपैयाँसम्ममा पाइने कपल ब्रासलेट लगाएर हिंड्ने युवायुवती धेरै भेटिन्छन् ।कीर्तिपुरका राजन झाले दुई महिनाअघि आफ्नी प्रेमिकालाई कपल ब्रासलेट उपहार दिए । सानो चिटिक्क परेको अनि दुवै हातमा लगाउन मिल्ने र पानको आकारमा जोडिने भएकाले उनकी प्रेमिकालाई यो ज्यादै मन परेको राजन बताउँछन् ।‘सँगै नहुँदा पनि आफ्नो मान्छेको याद आइरहेको आभास यसले गराउँछ,’ राजन भन्छन् ।

भक्तपुर लोकन्थलीकी पनि तनि महिनाअघि आफ्नो प्रेमीलाई कपल ब्रासलेट उपहार दिइन् । यो उपहारले उनका प्रेमी निकै खुसी भए

। पैसा पनि सस्तो पर्ने, लगाउन पनि सजिलो अनि सँगै लगाएर हा समातेर हिंडा निकै रमाइलो अनुभव हुने उनले सुनाइन् । ‘म्याग्नेट हुने भएकाले पनि दुवैको हातमा लगाउँदा ब्रासलेटले खुसी दिने रहेछ,’ उनले भनिन् ।भक्तपुर बालकोटकी सिया खत्रीलाई पनि सबैका लगाएको देखेपछि यो ब्रासलेट किन्न मन लाग्यो ।

त्यसपछि किनेर साथीलाई उपहार दिएको उनले सुनाइन् । साथी र आफूले सँगै लगाएको तस्वीर उनले इन्स्टाग्राममा समेत राखेकी छन् ।कपल ब्रासलेट लगाउने युवायुवतीको संख्या बढेसँगै यसको व्यापारमा पनि वृद्धि भएको छ ।

४० वर्षदेखि काठमाडौंको वसन्तपुरमा हस्तकलाका सामान तथा मेटलका गहना बेच्दै आएकी उजेली ठकुरी पसलमा धेरै बिक्री हुने सामग्रीमा अहिले कपल ब्रासलेट पनि रहेको बताउँछिन् ।

कलेज पढ्ने किशोरकिशोरीले यसलाई धेरै रुचाएको उनी बताउँछन् ।‘कोरोना महामारीले व्यापार कम छ । यस्तै साना सामानहरुले व्यापार बढाएको छ,’