मधेशटप, फागुन २ गते

गोरखामा हिउँ खेल्न गएका दुई किशोर १० दिनपछि मृतक फेला परेका छन्।स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले आइतबार मृतकको शव फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक डिएसपी प्रकाश दाहालका अनुसार उनीहरूको शव धार्चे गाउँपालिका(१ कुन्द्रामा खोंचमा भेटिएको हो।

बारपाक सुलिकोट गाउँपालिका(१ का १६ वर्षीय करण घले र वडानम्बर २ का सञ्जय घलेको शव फेला परेको दाहालले जानकारी दिए। माघ २० गते उनीहरू हिउँ खेल्न भन्दै धार्चे गाउँपालिकास्थित लाप्राक हिँडेका र् नआएपछि स्थानीय र आफन्त सोही दिन खोज्न हिँडेका रहेछन्

आफन्तले उजुरी दिनासाथ प्रहरीले उनीहरूको खोजी थालेको डिएसपी दाहालले बताए।

घरमा र बाटोमा साथीहरूलाई भेट्दासमेत उनीहरूले लाप्राक हिउँ खेल्न जाने भनेर भनेको र फोनको लोकेसन पनि सोही स्थानमा देखाएको आधारमा प्रहरीले उनीहरूको खोजी गरेको थियो।