मधेशटप, फागुन २ गते

रागिनी पण्डित

सर्लाही;  आलु खनेर बिक्री गर्ने समयमा मूल्य घटेपछि किसान चिन्तित भएका हुन्

।‘माघको पहिलो साता खेतबाटै आलु प्रतिकेजी ३० रुपियाँका दरले बिक्री भएको थियो, अहिले घटेर १८ रुपियाँमा बिक्री भइरहेको छ’, बरहथवा नगरपालिका–२ हजरियाका किसान बद्री कटुवालले गुनासो गर्नुभयो । एक सातमा आलुको मूल्य प्रतिकेजी १२ रुपियाँले घटेको छ ।

यो मूल्यमा आलु बिक्री गर्दा लागत मूल्य पनि नउठ्ने उहाँको भनाइ थियो । बीउ, मलखादको मूल्य बढ्दो छ ।

किसानले उत्पादन गरेको वस्तुको मूल्य घट्दो छ । ‘९ सय रुपियाँमा पाउने युरिया मल अहिले १३ सयमा किन्नुपर्छ, त्यही पनि नेपाली मल नपाएर भारतीय मल हाल्नुपर्छ’,

‘यस वर्ष आलुको उत्पादनसमेत घटेको छ, खेतीको लागत मूल्य उठाउनै मुस्किल भारतमा उत्पादन भएको आलु नेपाली बजारमा सहजै भित्रिन थालेपछि आलुको मूल्य एक्कासि घटेको किसानहरुले गुनासो गरेका छन् ।

खुला सीमा हँुदै नेपाली बजारमा भित्रिएको भारतीय आलु कम गुणस्तरको भए पनि नेपाली आलुभन्दा सस्तो मूल्यमा बजारमा पाउने गरेकाले नेपाली आलुभन्दा भारतीय आलु नै उपभोक्तको बढी रोजाइमा पर्ने गरेको व्यापारी बताउँछ ।‘भारतीय आलु भित्रिएका कारण यो वर्ष पनि आलुको लागत मूल्य एक्कासि घट्यो ।
‘नेपाली आलु भनेका बेलामा बिक्री पनि हुँदैन ।  पहिले आलुखेतीबाट राम्रै फाइदा हुने गरे पनि अहिले भारतीय आलुले बजार बिगारेको उहााको तकृ छ । आलुको बजार मूल्य राम्रो हुँदा सबै खर्च कटाएर प्रतिकठ्ठा १० हजारसम्म फाइदा हुने गरेको किसानहरु ले बताइएका  छन ।

आलु खेती गर्ने धेरै किसानले आलुसँगै मकै खेती पनि गर्ने गरेका छन् । यसरी एकैपटक दुई बाली एउटै जग्गामा लगाउँदा एक बालीबाट लागत मूल्य उठ्ने र अर्को बालीबाट फाइदा हुने स्थानीय मदन खड्काको भनाइ छ ।

किसानले उत्पादन गरेको फसलको बजार मूल्य राम्रो नपाएपछि धेरै किसानको खेतीप्रतिको आकर्षण घट्दै गएको स आलु खेती सर्लाहीको बरहथवा नगरपालिकाको हजरिया, मुर्तिया, सुन्दरपुर, वागमती नगरपालिकाको राजघाट, शंकरपुर र हरिपुर नगरपालिकाको हजारबिघा क्षेत्रमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ ।

कमलो दोरस् खालको माटो भएको जग्गामा आलु प्रतिकट्ठा ८ ९ क्विन्टलसम्म उत्पादन हुने गरेको किसानहरु , तर, यस वर्ष आलु खेती गर्ने समयमा सहजै रासायनिक मल नपाएकाले विगतको वर्षको तुलना उत्पादन घटेको मुर्तियाका किसान विष्णु खड्काले जनाइएको छ । आलु रोप्ने बेलामा सहजै मल नपाएर र एक बोरा मल किन्न हेटौंडादेखि भारतको सोनवर्षासम्म पुग्नुपरेको र यस वर्ष जिल्लाभर करिब १५ सय हेक्टर क्षेत्रफल जग्गा आलु खेती गरिएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।

पछिल्लो समय आलुको बजार मूल्य राम्रो नहुँदा आलु खेती घट्दै गएको हो । आलुको बजार मूल्य राम्रो नभएपछि किसानले आलु खेती छोडेर अन्य तरकारी खेती गर्न थालेका छन् । यस क्षेत्रमा उत्पादन भएको आलु स्थानीय व्यापारीले खरिद गरेर काठमाडौं, पोखरालगायतका व्यापारिक केन्द्रमा पठाउने गरेका छन् । बजारमा अहिले रातो आलु प्रतिकेजी १८ रुपियाँको दरले बिक्री भइरहेको छ ।