मधेशटप, फागुन २ गते 

कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा खोप आइपुगेको छ । सोमबार बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।

यसअघि नै बेलायत सरकारको सहयोगमै ८ लाख ६२ हजार ८० मात्रा खोप आइसकेको छ । बेलायतको सहयोगमा कोभ्याक्स सुविधामार्फत २१ लाख ७४ हजार १६० मात्रा खोप नेपालमा आइपुगेको हो ।