मधेशटप,फागुन ३ गते ।

कोभिड १९ विरुद्धको हराएको भनिएको २४ लँख खोप खोज्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। डा गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो।

उक्त प्रतिवेदन स्वास्थ्यमन्त्री खतिवडाले अध्ययन गरेपछि मात्र बाहिर सार्वजनिक गरिने बताइएको छ। हराएको भनिएको २४ लाख खोपको खोजीका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

खोपको बारेमा छानबिन गरी स्वास्थ्यमन्त्रीलाई उक्त प्रतिवदेन बुझाइएको समितिका सदस्य सचिव वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले जनकारि ढिएका छन ।