मधेशटप,फागुन ३ गते ।

एकै दिन सुनको मूल्य अधिकतम १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ रुपैंयाले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९६ हजार २०० रुपैयाँ पुगेको छ ।

यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर