मधेशटप,फागुन ३ गते ।

आगामी मार्च १ देखि बुद्ध एयरले जनकपुरधाम र धनगढीबाट पोखराका लागि उडान हुने छन ।

शुरूमा सातामा ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्ध एयरका कम्युनिकेशन अधिकृत दीपेन्द्र कर्णले जानकारी दिए ।

साताको ३ दिन सोमबार, बिहिबार र शनिबार जनकपुरधाम र पोखरा उडान हुने र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबार हुने जनाएको छ ।