मधेशटप, फागुन ४ गते 

काठमाडौं ;भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ ।

उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए ।

उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको थियो ।उनी गत वर्ष कोरोना भाइरसबाट समेत संक्रमित भएका थिए ।

‘ बप्पीको जन्म २७ डिसेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो । बप्पी लहरीको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, राजनीतिक दलका नेता, संगीतकर्मी, चलचित्रकर्मी लगायतले शोक व्यक्त गरेका छन् ।